काठमाडौं, पुस ५ ।
एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको पहिलो खेलमा आज विराटनगर वारियर्स विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले हराएको हो । जितका लागि पाएको १ सय २३ रनको लक्ष्य विराटनगरले ७ विकेट गुमाएर खेल सकिन २ बल बाँकी छँदा भेट्टाएको हो ।
पारस खड्का कप्तान रहेको विराटनगरलाई जिताउन हङकङका दुई खेलाडी अंशुमन रथले ६० र बाबर हायतले २२ रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
पोखराका लागि राजेश पुलामी मगरले ३० तथा इसरारुल्लाहले २१ रन बनाए । सुनिल धमला १८ रनमा आउट भए भने १८ रन बनाएका ताज वाली नट आउट रहे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline