इपीएल भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार

इपीएल भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार

  • बुधबार, पुस ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, पुष ५ ।
भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गर्दा काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ ।

आज भएको दोस्रो खेलमा भैरहवाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा भैरहवाले पहिलो खेलमै जित हात पारेको हो । यता उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग पराजित भएको काठमाडौंको यो लगातार दोस्रो हार हो ।

भैरहवाको जितमा भारतीय खेलाडी पुनित विस्टले २८ बल खेलेर ६ चौकाको मद्दतमा नटआउट ४२ रन बनाए । यस्तै शरद भेषावकरले ३२ तथा हरीशैकर शाहले १४ रनको योगदान गरे। आरिफ शेख २३ रनमा नटआउट रहे । ११ बल खेलेका आरिफले ३ चौका र १ छक्का प्रहार गरे े।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स एलेभेनले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो। काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले सर्वा्धिक २९ रन बनाए । यस्तै सागर कुमारले २८, राजु रिजालले २२ तथा सागर पुनले १९ रन जोडे। अन्य खेलाडीले दोहोरो हंक छुन सकेनन् ।

भैरहवाका दीपेश श्रेष्ठले ३ तथा कप्तान शरद भेषावकरले २ विकेट लिए। १४औँ ओभरमा मात्र आफ्नो स्पेश सुरु गरेका दीपेशले ३ ओभर बलिङ गर्दै १६ रन खर्चे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ