भारतसँग नेपालको लज्जास्पद हार, १०–० ले पराजित हुदै प्रतियोगिता बाटै बाहिरियो

भारतसँग नेपालको लज्जास्पद हार, १०–० ले पराजित हुदै प्रतियोगिता बाटै बाहिरियो

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं पुस ३ ।
बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने नेपालको सम्भावना सकिएको हो ।

जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि यही पुस २ गते भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले गोल अन्तरले पराजित भएको थियो ।

नेपालले पहिलो र दोस्रो हाफमा समान पाँच÷पाँच गोल बेहो¥यो । भारतका लागि सुनिता मुन्डा र प्रियंकादेवीले ह्याट्रिक गरे भने लेन्डा कोमले दुई तथा सन्थिया र अंनी बाइले समान एक एक गोल गरे ।

त्यस्तै प्रतियोगितामा भारत र बंगलादेश एक खेल अगावै फाइनलमा प्रवेश गरेका छन् । आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले गोलअन्तरले हरायो ।

भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । भुटानले दुई खेलबाट ६ गोल खाएको छ भने यता समान खेलबाट नेपालले १६ गोल खाएको छ । प्रतियोगितामा भुटान पनि अघिल्लो चरण प्रवेशबाट बाहिरिएको छ । लिग राउण्डको अन्तिम खेल नेपालले अब यही पुस ६ गते भुटानसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ