वर्ल्ड मार्सल आर्ट पिस कप – २०१७ मा नेपाललाई दुई स्वर्ण , तीन रजत

वर्ल्ड मार्सल आर्ट पिस कप – २०१७ मा नेपाललाई दुई स्वर्ण , तीन रजत

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

४ पुस, सोलुखुम्बु ।

वर्लड मार्सल आर्ट पिस कप – २०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गरेको छ ।

मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पारेको नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापालले जानकारी दिए ।

यस्तै, सञ्जु महर्जनले दुईवटा रजत पदक र ङवाङ केशाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल भएकी छन् ।

नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङसहित सातजनाको टोली बुधबार स्वदेश फर्कंदैछ ।

खेलाडी टोली गत मंसिर २७ गते मोरक्कोतर्फ प्रस्थान गरेको थियो । टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ