पोखरा राइनोजद्धारा चितवन १० विकेटले पराजित

पोखरा राइनोजद्धारा चितवन १० विकेटले पराजित

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

४ पुस, काठमाडौं ।
एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले १० विकेटको शानदार जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७ दशमलभ ४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो ।

सुरुवाती ब्याटिङ गरेको चितवनले राम्रो खेल प्रस्तुत गर्न सकेन । ओपनर दिलिप नाथ मात्र ६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ७ रन थियो ।

टिमले थप चार रन जोड्दा साबेज खान शुन्यमै आउट भए । अनिल मण्डलले दिपेन्द्र सिंंह ऐरीसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे ।

उनीहरुले तेस्रो विकेटका लागि ६७ रनको साझदारी गरे । मण्डल ३२ रनमा आउट भए । एरीले ४२ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंंक जोड्न सकेनन् र २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो ।

जवाफमा पोखराले शानदार प्रर्दशन र्गयो । उसका आपनरद्वय इज्राउल्ला र सुनिल धमलाले १७.४ ओभरमा टिमलाई जित दिलाए ।

पाकिस्तानी क्रिकेटर इज्राउल्लाले नटआउट ६१ रन बनाउँदा धमला ४६ रनमा अविजित रहे ।

चितवनको ४ विकेट लिएका इज्राउल्ला म्यान अफ दि म्याच बने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ