पीएफए अत्तरीया र न्यू बुद्ध फूलबारी सेमिफाइनल प्रवेश

पीएफए अत्तरीया र न्यू बुद्ध फूलबारी सेमिफाइनल प्रवेश

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

कैलाली, पुस ३ । पीएफए अत्तरीया र न्यू बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धनगढी रंगशालामा सोमबार भएका क्वार्टरफाइनल खेलमा जित हासिल गर्दै अत्तरीया र फूलबारी अन्तिम चारमा पुगेका हुन् ।

सोमबार भएकोे पहिलो क्वार्टरफाइनलमा पीएफए अत्तरीयाले आयोजक फारवेस्ट पशुपति युवा क्लब ‘बी’लाई ४—० ले पराजित गर्‍यो ।

मणिराम चौधरीको ह्याट्रिकको मद्दतमा अत्तरीयाले सहज जित दर्ता गरेको हो । मणिरामले खेलको १३औं, ३५औं र ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अत्तरीयाका लागि अर्को एक गोल १७औं मिनेटमा विशाल राईले गरे । चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

यस्तै, सोमबारै भएको दोस्रो क्वार्टरफाइनलमा न्यू बुद्ध युवा क्लब फूलवारीले फारवेस्ट अत्तरीया स्पोर्टस् एकेडेमीलाई ‘टाइब्रेकर’मा ५—४ ले हरायो ।

निर्धारित् र थप गरिएको समयमा पनि दुवै टिमबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा फूलबारी सफल भएको हो ।

मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सन्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ