इपीएल क्रिकेटमा ललितपुर प्याट्रिओट्सको विजयी सुरुवात

इपीएल क्रिकेटमा ललितपुर प्याट्रिओट्सको विजयी सुरुवात

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ , ३ पुस ।

ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा आजबाट सुरु भएको इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको हो।

भारतिय खेलाडी जयकिसन अनिल कुमार कल्सावालाले नटआउट ४४ रन बनाएपछि ललितपुरले ९० रनको सामान्य लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। जयकिसनले ४८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले २० रनको योगदान गरे।

काठमाडौंका अक्षु फर्नान्डो २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि ललितपुरले टस जितेर फिल्डिङ रोज्दै काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो। कप्तान ज्ञानेन्द्रको उक्त निर्णयलाई बलरहले सही सावित गर्दै काठमाडौंलाई १८.३ ओभरमा अलआउट गरिदिए। ललितपुरका लागि भारतिय फास्ट बलर सुबोध कुमार भाटीले ४ तथा नेपाली स्पिनर ललित नारायण राजवंशीले ३ विकेट लिए।

किंग्स एलेभेनका लागि ओपनर अमित श्रेष्ठले सर्वा्धिक २७ रन बनाए भने अक्षु फर्नान्डेजले १५ तथा सोमपाल कामीले १४ रन जोडे।

ललितपुरका मेहबुब आलमले २ तथा योगेन नागरले १ विकेट लिए।

प्रतियोगिताअन्तर्गत मंगलबार चितवन टाइगर्स र पोखरा राइनोज तथा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच खेल हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ