‘नेपो रोटा मिनी म्याराथन’को उपाधि आर्मीका बस्नेतले जिते

‘नेपो रोटा मिनी म्याराथन’को उपाधि आर्मीका बस्नेतले जिते

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

चितवन, पुस ३ । ‘नेपो रोटा मिनी म्याराथन–२०१७’ को उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले जितेका छन् ।
चितवनमा पहिलोपटक आयोजित म्याराथनमा निर्धा्रित् १५ किलोमिटरको दूरी ४४ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । उनले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

४५.३९ मिनेटमा दूरी पूरा गर्दै सशस्त्र प्रहरीकाका गोपीचन्द्र पराई द्वितीय र ४५.४३ मिनेटमा दूरी पूरा गर्दै आर्मीकै होमलाल श्रेष्ठ तृतीय भए ।

द्वितीय हुन सफल पराईले २५ हजार र तृतीय भएका श्रेष्ठले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए ।

विजेता खेलाडीहरुलाई रोटरीका डिष्ट्रिक्ट गर्भनर सन्जय गिरी र मिस नेपाल २०१६ अस्मी श्रेष्ठले पुरस्कार प्रदान गरे ।

१५ किलोमिटरको मिनी म्याराथन पूर्वी चितवनको रत्ननगरस्थित टाँडीबाट सुरु भइ नारायणगढको लिलाचोकमा पुगी समापन भएको थियो ।

२७१ जनाले प्रतिस्पर्धा गरेको म्याराथनमा ७२ जनालेमात्रै निर्धा्रित् दूरी पूरा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ