काठमाण्डौ , ३ पुस ।
तेस्रो बटौलि ५ हजार मिटर अन्तर मा. बि . स्तरीय दौड प्रतियोगिता र प्रमथ मदन भण्डारी अन्तर मा.बि. स्तरीय फुटसल प्रतियोगिता यहि पुस दोस्रो साता आयोजना हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उपमहानगर कमिटिको स्थापना दिवशको अवसरमा आगामि पुस १४ गते तेस्रो बटौलि दौड प्रतियोगिता सन्चालन गर्न लगीएको आज आयोजकले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
बुटवलको योगिकुटि देखि चौराहा ,मिलनचोक , हस्पिटल लाईन , ट्राफिक चौक हुँदै नविल बैंकबाट पुन ट्रफिक चोकमा आई सम्पन्न हुने जनाईएको छ । छात्र तथा छात्रा दुबैको सहभागीतामा हुने दौड प्रतियोगिता बिहान साढे ७ बजेबाट सुरु हुने छ ।
यस्तै पुस १८ गते प्रमथ मदन भण्डारी अन्तर मा.बि. स्तरीय फुटसल प्रतियोगिता हुनेभएको छ ।
बुटवल क्षेत्रबाट नै तस्लो तहबाट खेलाडि उत्पादन गर्ने उदेश्यले खेलकुदलाई जीवनको अंग बनाऔं , शान्ति र मित्रता कायम गरौ भन्ने नाराका साथ उक्त प्रतियोगिता गर्न लागीएको कार्यक्रम संयोजक समुन्द्र श्रेष्ठले बताए ।
दौड प्रतियोगिताका बिजेता छात्र तथा छात्रा दुबैले समान आठ हजार आठ सय ८८ रुपैया मेडल तथा प्रमाणपत्र पाउनेछन् भने द्धितीय र तृतीय हुनेले पनि समान क्रमश ५ हजार ५ सय ५५ र ३ हाजार ३ सय ३३ रुपैया पाउने छन् ।
यसैगरी फुटसल प्रतियोगिताका बिजेताले २० हजार पुरस्कार पाउदा द्धितियले १० हजार र उत्कृष्ट खेलाडिले २ हजार पुरस्कार पाउने छन् ।