यु-१६ क्रिकेट टोली स्वदेश फर्किदै

यु-१६ क्रिकेट टोली स्वदेश फर्किदै

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, पुस ३ । एसीसी अण्डर सिक्सटिन इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोली आज स्वदेश फर्कंदैछ ।

टोली आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । थाइल्याण्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपाली किशोरहरुको टोलीले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ६ विकेटको क्षतिमा एक सय ८३ रन बनायो । कप्तान विशाल बिक्रम केसीले ६३ रन जोडे ।

जवाफमा सिंगापुरले ३१ ओभर ५ बलमा अलआउट हुँदै एक सय १२ रनमात्र बनाउन सक्यो ।

सेमिफाइनलमा मलेसियालाई हराएको नेपालले समूह चरणमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो । प्रतियोगिताको सबै ५ खेलमा अपराजित रहँदै नेपालले उपाधि जितेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ