काठमाडौं,पुस २ ।
नेपालले एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपाल यू-१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई ७१ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोडेको थियो । नेपालका लागि नियमित कप्तान रीत गौतमको स्थानमा कप्तानी गरिरहेका विशाल केसीले ६३ रन जोडे । रीत चोटका कारण फाइनलमा उपस्थित रहेनन् । नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ३२ हौं ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सक्यो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लुनियाले ३-३ विकेट लिए ।
नेपालले २०१४ मा मलेसियामा एसीसी यू-१६ प्रिमियरको नामले आयोजना गरेको पछिल्लो प्रतियोगिता पनि जितेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
