म्यान्चेस्टर सिटीले लगातार १६ औं जितको कीर्तिमान बनायो

म्यान्चेस्टर सिटीले लगातार १६ औं जितको कीर्तिमान बनायो

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

अघिल्लो हप्ता प्रिमियर लिग इतिहासकै सबैभन्दा लामो लगातार १५ औं जितको कीर्तिमान बनाएको म्यान्चेस्टर सिटीले यो हप्ता उक्त कीर्तिमान अझ लम्ब्याएको हो ।

गएराति भएको खेलमा म्यान सिटीले टोटनह्याम हट्सपरलाई ४-१ ले हरायो । खेलमा सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले दुई गोल गरे भने ईके गुन्डोगान र केभिन डे ब्रायनले १-१ गोल गरे ।

टोटनह्यामका क्रिश्चियन एरिक्सनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको शीर्ष स्थानको अग्रता १४ अंक पुर्‍याएको छ ।

प्रिमियर लिगकै अन्य खेलमा चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदा आर्सनलले न्यूकासल युनाईटेडमाथि १-० कै जित निकाल्यो ।

यसैगरी क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई उसैको मैदानमा ३-० ले हराउँदा वेष्ट ह्याम युनाईटेडले स्टोक सिटीलाई ३-० ले तथा हडर्सफिल्ड टाउनले वाट्फोर्डलाई ४-१ ले पराजित गरे ।

बर्न्ले र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् । गएरातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३८ अंकसहित दोस्रो स्थानमा छ भने समान ३८ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ