एसिसी यु १६ क्रिकेट : मलेसियालाई ७२ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश

एसिसी यु १६ क्रिकेट : मलेसियालाई ७२ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, पुष १।
नेपाल एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

थाइल्यान्डमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित् ३५ ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो । नेपालका लागि प्रतिश जिसीले सर्वा्धिक २५ रनको योगदान गरे ।

जवाफमा १२८ रनको विजय लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमै अलआउट भयो ।

नेपालका लागि सूर्य तामाङले सर्वा्धिक ४ विकेट लिँदा नारायण जोशीले ३ विकेट लिए ।

प्रतियोगिताको उपाधिका लागि अब नेपालले भोलि (आइतबार ) सिंगापुरको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् आजै भएको अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै सिंगापुरले फाइनलमा स्थान बनाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ