पन्ध्र वर्षमुनि च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान

पन्ध्र वर्षमुनि च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 

काठमाडौँ, २९ मंसिर ।  बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतले सफलताको कामनासहित बिदाइ गर्नुभयो ।

पुस ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत र भुटान सहभागी छन् । पुस २ गते प्रतियोगिताको उद्घाटनका अवसरमा नेपालले आफनो पहिलो खेल बंगलादेशसंग सामना गर्ने भएको छ । त्यसैगरी दोस्रो खेल पुस ४ गते भारत र ६ गते भुटानसंग सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ