काठमाडौं ,मंसिर २७ ।
सुनसरीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदै छन् ।
आज हुने पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङदी क्लब र चर्च ब्वाइज काठमाडौं बीच प्रतिस्पर्धा हुने छ । यी दुइ टोलीबीचको खेल दुहवी रंगशालामा दिउसो साढे २ बजे पछि सुरु हुने छ ।
यस अघि हिजो भएको खेलमा रुपन्देही ११ प्रतियोगिताको समेमिफाइनमा प्रवेश गरेको छ । रुपन्देहीले हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् भने उपविजेता टोलीले २ लाख नगद पुरस्कार हात पार्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline