काठमाडौं, मंसिर २५ ।
थाइल्यान्डमा सोमबारदेखि सुरु भएको एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।
एसियाको पूर्वी क्षेत्रका राष्ट्रहरुको प्रतिस्पर्धामा नेपालले घरेलु टोली थाइल्यान्डलाई १३३ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ४६ रनमै अलआउट भयो ।
थाइल्यान्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका नारायण जोशीले ५ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि त्रितराज दासले सर्वा्धिक ३९ रनको योगदान गरे ।
नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्दा समूहको अन्तिम खेलमा बिहीबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline