एसिडिटीबाट पीडित हुनुहुन्छ ? अपनाउनुहोस यी घरेलू उपाय

एसिडिटीबाट पीडित हुनुहुन्छ ? अपनाउनुहोस यी घरेलू उपाय

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

व्यस्त जीवनशैलीका कारण प्रायजसो हामी आफ्नो खानपानमा विशेष ध्यान राख्दैनौँ । कामको व्यस्तताको कारण कहिलेकहीँ हामी समयमै खाना खान पाउँदैनौ । अत्यधिक मसालेदार एवम् बाहिरको खाना र समयमै खाना नखाँदा हाम्रो पाचन प्रणाली असन्तुलित बन्न पुग्छ । जसका कारण एसिडिटीको समस्या उत्पन्न हुन्छ । एसिडिटीको समस्या हुँदा अरुचि र अल्सर जस्ता रोगहरूको समस्या बढ्छ । एसिडिटीको समस्यालाई केही यस्ता घरेलू उपाय अपनाई सजिलै निको पार्न सकिन्छ ।

चिसो दूध

एसिडिटीको समस्याबाट आराम पाउनको लागि तुरुन्त एक गिलसा चिसो दूधको सेवन गर्नुपर्दछ । दूधमा प्रशस्त मात्रामा क्याल्शियम पाईन्छ, जसले एसिडिटीलाई नियन्त्रण राख्न मद्दत गर्छ ।

सौफ

एसिडिटीको लागि सौफको सेवन पनि निकै लाभदायक मानिन्छ किनभने सौफमा पोटेन्ट एन्टी-अल्सर पाइन्छ, जसले एसिडिटीको समस्यालाई शान्त बनाउँछ । सौफलाई चपाएर खान सकिन्छ । यदि तपाई चाहनुहुन्छ भने सौफलाई पानीमा उमालेर पुरै रातको लागि राख्नुहोस् र जब तपाइको पेट दुख्ने वा पोल्ने समस्या हुन्छ तब यसलाई पिउनुहोस् ।

अजवाइन र कालो नून

अजवाइनमा थामौला पाईन्छ जसले एसिड नियन्त्रण गर्छ । भाँडामा एक ठूलो चम्मच अजवाइन भुटेर पिस्नुहोस् । अब अजवाइनको पाउडरमा कालो नून मिसाउनुहोस् । यस मिश्रणलाई हरेक दिन एक-दुई पटक मह वा पानीको साथमा सेवन गर्नुहोस् ।

अदुवा

अदुवामा केमिकल्स जिन्जेरोल्स र श्गोल्स पाइन्छ, जसले पेटलाई सफा राख्न मद्दत गर्छ । यसकारण अदुवाको सेवनले एसिडिटीको समस्याबाट आराम दिन्छ । एक कप तातो पानीमा अदुवाको टुक्रा हाल्नुहोस् र यसलाई उमाल्नुहोस् । केही समय पछि यसमा कागती र महको रस मिसाउनुहोस् र दस मिनेट सम्म यसलाई उमालेर पिउनुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी