पटक-पटक भुल्ने बानी छ ? अपनाउनुहोस् यी घरेलू उपाय

पटक-पटक भुल्ने बानी छ ? अपनाउनुहोस् यी घरेलू उपाय

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

हामी सबैलाई जानकारी भएकै कुरा हो कि हाम्रो खानपानको असर हाम्रो शरीरमा पर्छ । तर हाम्रो खानपानको असर स्मरणशक्तिमा पनि पर्छ । यदि हाम्रो मस्तिष्कलाई आवश्यक पोषक तत्व प्राप्त नहुँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । आज हामी केहि घरेलू उपचारको बारेमा चर्चा गर्दैछौँ, जसको मद्दतले तपाईको स्मरणशक्ति बढाउन सक्छ ।

बदाम
बदाममा एन्टीअक्सीडेन्ट र ओमेगा 3 एसिड पाइन्छ । जसले हाम्रो स्मरणशक्ति बढाउँछ । राती ४-५ बदाम भिजाउनुहोस् र बिहान यसको छिल्का निकालेर दुधको साथमा खानुहोस् ।

ओखर
ओखर दिमागको लागि निकै राम्रो मानिन्छ । यसले दिमागमा हुने कमजोरीलाई पहिचान गरी यस समस्यालाई समाधान गर्छ । दिनहुँ बिहान नियमित रूपले २० ग्राम अखरोटको सेवन गर्नुहोस् ।

 

फर्सीको बियाँ
फर्सीको बियाँमा भरिपूर्ण मात्रामा जस्ता पाइन्छ । यसकारण यो दिमागको लागि राम्रो मानिन्छ । फर्सीको बियाँको सेवनले राम्रो निन्द्रा पनि लाग्छ ।

नरिवल तेल
नरिवलको तेलले हाम्रो दिमागको कोशिकालाई इन्धन दिन्छ । जसले हाम्रो स्मरणशक्ति बढ्छ । तपाई चाहनुहुन्छ भने नरिवलको तेललाई खानामा प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाई यसो गर्न सक्नुहुँदैन भने नियमित रूपमा नरिवलको तेलले आफ्नो टाउको मालिश गर्नुहोस् ।

राम्रो निन्द्रा
नियमित रूपमा सुत्नुपर्दछ, जसले हाम्रो दिमाग शान्त रहन्छ र स्मरणशक्ति बढ्छ । हाम्रो दिमागको प्रयोग गर्दा दिमाग थाक्छ । यसकारण ७-८ घण्टाको प्रयाप्त निन्द्रा लिनुहोस्ब । यसले दिमागलाई ताजा बनाईराख्छ ।

नियमित एक्सरसाइज
नियमित रूपमा एक्सरसाइज गर्नुहोस् । यसले तपाईको दिमागको साथै शरीरमा रक्त प्रवाह सन्तुलित ढंगले हुन्छ । मेडिटेशन, गहिरो श्वासप्रश्वास जस्ता यौगिक क्रियाकलाप गर्नुहोस् । यसले स्मरणशक्ति बढाउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी