नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ , २३ मंसिर ।

रीत गौतमको कप्तानीमा एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।

१४ सदस्यीय टोली प्रशिक्षकमा जंगबहादुर थापा र दीपेन्द्र चौधरी छन् । डिसेम्बर ११ देखि १७ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै म्यानमार र हङकङ छन् । समूह ‘बी’ मा सिंगापुर, मलेसिया, भुटान र चीन छन् ।
नेपालले समूह चरणका सबै खेल बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा खेल्नेछ । नेपालले ३ सातादेखि प्रतियोगिता तयारी सुरु गरेको छ ।

प्रारम्भिक छनोटमा सबै क्षेत्रबाट उत्कृष्ट ४ खेलाडी आमन्त्रण गरेर कुल ४६ खेलाडी रहेको टोली निर्देशक विनोद दासले जानकारी दिए ।

प्रशिक्षक जंगबहादुर थापाले टोली निकै राम्रो रहेकाले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ