काठमाण्डौ , २३ मंसिर ।
चितवन टाइगर्सले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि वैकल्पिक खेलाडीमा अनिल मण्डललाई टोलीमा समावेश गरेको छ ।
विकेटकिपरर ब्याट्सम्यान सुवास खकुरेल चोटबाट उम्किन नसकेपछि चितवनले अर्का ओपनिङ ब्याट्सम्यानलाई लिएको हो ।
चितवनले अक्सनमा सुवासमाथि १ लाखको भाउ लगाउँदै लिएको थियो । तर मोटरसाइकल दुर्घटनामा परेका सुवासको हात पूर्ण ठीक नभएपछि अनिललाई लिएको हो । अघिल्लो महिना भएको अक्सनमा अनिल बिक्री भएका थिएनन् ।
साथै चितवनले टयालेन्ट हन्टबाट छानिएका दुई खेलाडीलाई आफ्नो टिममा समावेश गरेको छ । ट्यालेन्ट हन्टबाट आकाश थापा र गौतम केसीलाई चितवनले लिएको हो । राष्ट्रिय टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ र ललितसिंह भण्डारी चितवन टाइगर्सका खेलाडी हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline