दोस्रो खेलमा पनि नेपाल युएईसँग पराजित

दोस्रो खेलमा पनि नेपाल युएईसँग पराजित

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, मंसिर २२ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगतको अन्तिम खेलमा पनि नेपाल युएईसँग पराजित भएको छ ।
अबुधाबीको शेख जायद रंगशालामा भएको खेलमा नेपाल युएईसँग ६३ रनले पराजित भयो ।

१९६ रनको चुनौती पछ्याएको नेपालले ४२ ओभर २ बल क्रिजमा टिकेर १३२ रनमात्र बनाउन सक्यो । ज्ञानेन्द्र मल्लले ४२ रन बनाएको इनिङ्समा चार नेपाली खेलाडीले अंकको खातासमेत खोल्न सकेनन् ।
सुरुमा युएईलाई केहि दबाबमा राखेको नेपालले त्यसपछि फितलो ब्याटिङ गरेको थियो ।

यसअघि, पहिले ब्याटिङ गरेको युएईले अद्दान मुफ्तीको १०४ रनको मद्दतले ४९ ओभर २ बलमा अलआउट हुनुपूर्व १९५ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २७ रन खर्चेर ५ विकेट लिए ।

बुधबार भएको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।

यसअघि नै च्याम्पियनसिपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुवै टोलीका लागि अन्तिम चरणका खेलहरु केवल प्रतिष्ठाको लडाइँमात्रै बनेको थियो ।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ