नेपाललाई १९६ रनको लक्ष्य

नेपाललाई १९६ रनको लक्ष्य

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

२२ मंसिर, काठमाडौं । आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।

अदनान मुफ्तीले शतक बनाएपनि नेपालका सोमपाल कामीले ५ विकेट लिएपछि युएई ४ बल अगावै १९५ रनमा अलआउट भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले युएईले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

३९ रनमा ५ विकेट गुमाएको यूएईको स्कोर उकास्न अदनान मुफ्तीले १०४ रनको शतकिय पारी खेले। युएईका लागि एकल प्रदरशन गरेका मुफ्तीले ८९ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै मोहम्मद बोटाले ३७ र अहमद राजाले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङ तर्फ नेपालका सोमपाल कामीले १० ओभरको स्पेलमा १ मेडन राख्दै २७ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै ललितसिंह भण्डारी, पारस खड्का, सागर पुन र सन्दीप लामिछानेले समान १ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ