आईसीसी विश्व क्रिकेट लिगमा नेपाल र यूएईबीचको खेल जारी ( Live )

आईसीसी विश्व क्रिकेट लिगमा नेपाल र यूएईबीचको खेल जारी ( Live )

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, मंसिर २२ ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले अहिले युएइसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले अहिले ब्याटिङ गरिरहेको छ ।
योखबर तयार पार्दा सम्म युएईले ४ विकेट गुमाएर १४ औं ओभरमा २६ रन बनाएको छ ।

सोमपाल कामी एक्लैले ४ विकेट लिएका छन् । गत बुधबार भएको खेलमा युएईसँग ७ विकेटले पराजित भएको नेपाल आज जित निकाल्ने दाउमा छ ।

यसअघि नै च्याम्पियनसीपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुबै टोलीका लागि अन्तिम चरणका खेलहरु प्रतिष्ठाको लडाई मात्रै हुने छ ।

जारी खेललाई नेपाल र युएई दुबै टोलीले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीको रुपमा हेरेका छन् । डिभिजन टु प्रतियोगिता आगामी फेबु्रअरीमा नामिबियामा हुनेछ ।

Live हेर्न यहाँ क्लीक गर्नुहोस् !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ