च्याम्पियन्स लिगमा १६ टोलीको टुंगो लाग्यो, लिभरपुलले र्गयो गोलको बर्षा

च्याम्पियन्स लिगमा १६ टोलीको टुंगो लाग्यो, लिभरपुलले र्गयो गोलको बर्षा

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, मंसिर २१ ।
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएरातिका खेलहरु पछि नकआउट चरणको समीकरण पुरा भएको छ । समूह चरणबाट माथि उक्लने सबै १६ टोलीको टंगो लागे सँगै नकआउट समीकरण पुरा भएको हो ।

गएराति भएका समूह चरणका अन्तिम खेलहरुमा इङ्ल्यान्डका लिभरपुल र टोटनह्याम हट्सपर विजयी हुँदा म्यान्चेस्टर सिटी भने पराजित भएको छ । लिभरपुलले रुसको स्पार्टा मस्कोलाई ७–० ले हराउँदा टोटनह्याम हट्सपरले साईप्रसको अपोईल निकोसियालाई ३–० ले पराजित गरेको छ ।

यसअघि नै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको म्यान्चेस्टर सिटी भने युक्रेनको शख्तरसँग २–१ ले पराजित भयो । राति भएका अन्य खेलमा स्पेनको रियाल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई ३–२ ले हराउँदा पोर्चुगलको एफ.सी पोर्टोले फ्रान्सको मोनाकोलाई ५–२ ले पराजित गरेको छ ।

यसैगरी टर्कीको बेसिक्तासले जर्मनीको आर.बी. लेप्जीगलाई २(१ ले हराउँदा नेदरल्याण्ड्सको फेयनुर्डले इटालीको नापोलीमाथि २–१ कै जित निकाल्यो । गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलको सबै ८ समूहका विजेता तथा उपविजेता टोलीको टुंगो लागेको छ ।

यस पटक विजेताको रुपमा म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी, लिभरपूल, टोटनह्याम हट्सपर, बार्सीलोना, पेरिस सेन्ट जर्मेन, ए.एस रोमा र बेसिक्तास अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी समुह उपविजेताको रुपमा चेल्सी, रियाल मड्रिड, बायर्न म्युनिख, युभेन्टस, सेभिया, शख्तर, एफ.सी बाजल र पोर्टो नक आउट चरणमा पुगेका छन् । च्याम्पियन्स लिग नक आउट चरणको खेल तालिका आगामि सोमवार निकालिंदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ