युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित

युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । 

युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो

युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गर्दै युएईको जित सुनिश्चित बनाए ।

मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट भए भने सबिर ८१ रनमा नटआउट रहे ।

नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा छ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो ।

नेपालका शरद भेषावकरले ८१, ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्काले २०, सोमपाल कामीले २० र विनोद भण्डारीले चार रन बनाएका थिए ।

नेपालका लागि वसन्त रेग्मीले अविजित १४ रन बनाए ।

बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले एक÷एक विकेट लिएका थिए ।

आठ राष्ट्र सहभागी च्याम्पियनसिपअन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टुमा घटुवा भइसकेकाले दुवै टोलीलाई सातौ चरणका खेल प्रतिष्ठाको लडाइ मात्र हो ।

१३ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट युएईको आठ अंक छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेको छ । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ