रुसमाथि प्रतिबन्ध कायम, विन्टर ओलम्पिक खेल्न नपाउने

रुसमाथि प्रतिबन्ध कायम, विन्टर ओलम्पिक खेल्न नपाउने

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी, मंसिर २० ।
रुसले आगामी वर्ष हुने विन्टर ओलम्पिक खेल्न नपाउने भएको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसलाई आगामी वर्ष हुने विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा भएको विशेष बैठकले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

तर डोपिङमा दोषी नपाइएका रुसी खेलाडीले भने स्वतन्त्र झण्डा लिएर दक्षिण कोरियामा हुने प्रतियोगितामा भाग लिन पाउने आइओसीका अध्यक्ष थोसम बाचले बताएका छन् ।

रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आगामी फेब्रुअरी ९ देखि सुरु हुने विन्टर ओलम्पियकमा पनि खेल्न नपाउने भएको हो ।

आइओसीको विशेष कमिटिले यस विषयमा निर्णय गर्नु अघि हिजो रुसी खेलाडीले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको सम्बन्धमा भएको १६ महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझावनको अध्ययन गरेको थियो ।

आइओसीको निर्णयको रुसमा तीब्र आलोचना भएको छ । त्यहाँका केही राजनीतिज्ञले प्रतियोगिता बहिस्कार गर्नु पर्ने पनि बताएका छन् । आइओसीले भने विशेष कमिटिको लामो अनुसन्धान र त्यसैको सुझावका आधारमा प्रतिबन्ध कायम राख्ने निर्णय भएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ