आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईको सामना गर्दै

आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईको सामना गर्दै

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, मंसिर २० ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले आज युएईसंग प्रतिस्पर्धा गर्दै छ । यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।

८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । नेपाल शिर्ष चारभित्र पर्न सकेको खण्डमा अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा पुग्ने थियो ।
तर प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा झर्न बाध्य भएको हो । नेपलासँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन टु मा झरिसकेका छन् ।

स्कटल्याण्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन टु मा झर्नेछ । युएई विरुद्ध उसैको मैदानमा आज र पर्सी हुने दुई खेललाई नेपालले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीका रुपमा हेरेको छ ।

डिभिजन टु प्रतियोगिताका आगामी फेब्रेअरीमा नामिबियामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ