म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी

म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, मंसिर २० ।
युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी भएका छन् ।

समुह ए को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए. मस्कोलाई २–१ ले हराँउदा स्विट्जरल्याण्डको एफ.सी बाजलले पोर्चुगलको बेनिफिकालाई २–० ले पराजित गरेको छ । ्

यसैगरी समुह बी का खेलहरुमा जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेनलाई ३–१ ले हराँउदा बेल्जियमको एन्डरलेच्टले स्कटल्याण्डको सेल्टीकलाई १–० ले पराजित र्गयो ।

समुह सि का खेलहरुमा ईटालीको ए.एस रोमाले अजरबैजानको काराबागलाई १–० ले हराउँदा इंग्ल्याण्डको चेल्सी र स्पेनको एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले ।

यसैगरी समुह डि का खेलहरुमा स्पनेको बार्सीलोनाले पोर्चुगलको स्पोर्टिङलाई २–० ले हराउँदा ईटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसमाथि २–० कै जित निकाल्यो ।

गएरातीका खेलहरुपछि च्याम्पियन्स लिगको समुह ए बाट म्यान्चेस्टर युनाईटेड र एफसी बाजल, बी बाट पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिख, सि बाट ए.एस रोमा र चेल्सी तथा समुह डी बाट बार्सीलोना र युभेन्टस नक आउट चरणमा प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ