काठमाडौं, मंसिर १९ ।
एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक इपीएल प्राइभेट लिमिटेड्सले तयारी तीव्ररुपमा अघि बढेको जानकारी दिएको हो ।
आगामी पुस ३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न सहरका ६ टोलीले सहभागिता जनाउँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline