बेलझुण्डीमा बहुउद्देश्यीय रंगशाला बन्ने

बेलझुण्डीमा बहुउद्देश्यीय रंगशाला बन्ने

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

दाङ, १८ मंसिर ।

दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहलले पाचँ वर्षभित्रै बेलझुण्डीमा सुविधा सम्पन्न बहुुउद्देश्यीय रंगशाला बन्ने गरी काम थाल्ने जानकारी गराएका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि सम्भावित खेलस्थल निरीक्षणका लागि दाङ पुगेका उनले जिल्लाको खेलकुद विकास र विस्तारका लागि बहुउद्देश्यीय रंगशाला निर्माणको गुरुयोजना बमोजिम डिपिआरको कार्य अन्तिमचरणमा पुगेकाले अब छिट्टै निर्माण प्रक्रिया शुरु हुने बताए ।

सचिव दाहलले बेलझुण्डीको १५ बिगाहा जमिनमा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, चारसय मिटर ट्र्याकभित्र फुटबलको अभ्यास खेलमैदान, आन्तरिक खेलका लागि बहुउद्देश्यीय कर्बड हललगायतका भौतिक संरचना निर्माणका लागि डिपिआरको काम भइरहेको बताएक छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले आठांै राष्ट्रिय खेदलकुदलाई लक्षित गरी डिपिआरको कामसँगै बजेट निकासा तत्काल अगाडि बढाउन आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी