काठमाडौं १७ मंसिर ।
आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप तयारीकालागि भएको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ ।
केन्याले दिएको १११ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि हिजो भएको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।
युएईको अबुधावीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले अलआउट हुँदै ११० रन बनाएको थियो ।
केन्याका रुसाब पटेलले २७, एलेक्स ओबन्डाले २५ र गुर्दिप सिंहले २२ रन बनाए ।
केन्यालाई ३२.२ ओभरमा अलआउट गर्न नेपालका ललित भण्डारीले ४ विकेट लिए । १० ओभरको स्पेलमा ललितले १ मेडन राख्दै ४६ रन खर्चेका थिए । त्यस्तै, आरिफ शेखले २ तथा सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline