पोखरा, १७ मंसिर । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ ।
सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य उद्देश्यका साथ सो प्रतियोगिता हुने भएको हो ।
पोखरा लेखनाथ उपमहानगरपालिका– १७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित सो फुटबल प्रतियोगितामा कूल एक करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख पाँच हजार ५०० सय खर्च गरी रु तीस लाख भन्दा बढी आम्दानी गर्ने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिनुभयो ।
मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्र्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको सो फुटबल प्रतियोगता सम्पन्न गर्न पोखरा लेखनाथ महानगरपालिकाको संयोजन, राष्ट्यि खेलकूद परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकूद विकास समिति, कास्की जिल्ला फुटवल संघ, सहारा युके, हङकङ, अष्टे«लियाको सहयोग रहने कार्यक्रममा जानकारी दिइयो ।
सोहि पत्रकार सम्मेलनमा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई सहारा हङ्कङले रु १५ लाख आर्थिक सहयोग गरिएको छ ।
‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले सञ्चालन गरेको अक्षयकोषमा रु १० लाख र एकेडेमीमा आश्रित बालकको भरणपोषणका लागि रु पाँच लाख सहयोग गरेको हो ।
सहारा हङ्कङका महासचिव विलबहादुर तामाङले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सोही अवसरमा सहारा पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार सुरज श्रेष्ठले प्राप्त गरेको रु १५ हजार ५५५ राशिमा आफ्नोतर्पmबाट रु चार हजार ४४५ थप गरी रु २० हजार सहारा एकेडेमीको सहयोगार्थ हस्तान्तरण गगरिएको थियो ।
क्लबले सहारा एकेडेमीको निरन्तरताका लागि रु पाँच करोड पु¥याउने उद्देश्यका साथ सञ्चालन गरेको अक्षयकोषमा हालसम्म रु एक करोड ३५ लाख संकलन भइसकेको क्लबका महासचिव केशवराज बरालले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार