मनमोहन दुहवी गोल्डकप मंसिर २३ देखि हुने

मनमोहन दुहवी गोल्डकप मंसिर २३ देखि हुने

  • शनिबार, मंसिर १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

इटहरी, १६ मंसिर ।
दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता यही मंसिर २३ देखि पुस १ गतेसम्म हुने भएको छ ।
एलेभन एरोज क्लबको आयोजना तथा मनमोहन स्मृति प्रतिष्ठानको सहयोगमा प्रतियोगिता सुनसरीको औद्योगिक नगर दुहवीमा रहेको खेलमैदानमा हुने छ ।

आयोजक एलेभन एरोज क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगितामा प्रथम हुनेले रु चार लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताएको छ ।

प्रतिस्पर्धाको उप विजेताले रु दुई लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

प्रतियोगितामा नेपालको ए डिभिजनका रमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, आयोजक एलेभन क्लब दुहवी, मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, मोरङ ११, अग्नी रुपन्देही ११ रुपन्देही र बंगलादेशको मीरपुर एकादेश ढाका क्लबको सहभागिता रहनेछ ।

रु पचास लाखको खर्चमा सम्पन्न हुने अनुमान गरिएको उक्त गोल्डकप फुटबल प्रतियोगिताका प्रायोजक मनमोहन स्मृति प्रतिष्ठानबाट रु १० लाख तथा विभिन्न सह–प्रयोजकबाट रु १४ लाख तथा विज्ञापन र अन्य क्षेत्रबाट गरी रु ५० लाख प्राप्त हुने अनुमान गरिएको प्रतियोगिता आयोजक क्लबका संयोजक जीवन थापाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ