विश्वकप ’ड्र’ सम्पन्न, ठूला टोलीले पाए सहज प्रतिद्धन्दी (सूचीसहित)

विश्वकप ’ड्र’ सम्पन्न, ठूला टोलीले पाए सहज प्रतिद्धन्दी (सूचीसहित)

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ , १५ मंसिर ।
अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
जसअनुसार आयोजक रुसले अर्को वर्ष हुने विश्वकपमा समूह चरणमा सजिलो प्रतिद्वन्द्वी पाएको छ ।

आज (शुक्रबार) राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन् ।

समूह ‘बी’ मा पूर्व्विजेता स्पेनसँगै पोर्चुगल, इरान र मोरक्को छन् । जुन १५ मा हुने समूहको पहिलो खेलमा पोर्चुगल र स्पेन आमने–सामने हुनेछन् ।

समूह ‘सी’ मा सन् १९९८ विजेता फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन् । समूहमा रहेका युरोपका दुई टोली फ्रान्स र डेनमार्कले जुन २६ मा हुने समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

दुईपल्टको विजेता अर्जे्न्टिना रहेको समूह ‘डी’ मा क्रोएसिया, नाइजेरिया र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड छन् ।

अर्जे्न्टिनाले पहिलो खेलमा डेब्यू गरिरहेको आइसल्यान्ड, दोस्रोमा क्रोएसिया र अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ । सर्वा्धिक पाँचपल्ट विश्वकप जितेको ब्राजिलले समूह ‘ई’ मा स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ ।

समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् । जर्मनीले समूहको पहिलो खेलमा मेक्सिको (जुन १७), दोस्रोमा स्विडेन (जुन २३) र अन्तिम खेलमा दक्षिण कोरिया (जुन २७) को सामना गर्नेछ ।

सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्डको समूह ‘जी’ मा बेल्जियम, ट्युनिसिया र नवप्रवेशी पानामा छन् । इंग्ल्यान्ड र बेल्जियमले समूहको अन्तिम खेलमा जुन २८ गते प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्नेछ ।
उक्त खेल राजधानी मस्कोस्थित लुझिंकी रंगशालामा जुन १४ तारिखमा हुनेछ ।
एक महिना चल्ने प्रतियोगिताको फाइनल खेल त्यसै रंगशालामा जुलाई १५ मा खेलिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ