काकरभिट्टा , मंसिर १५ ।
विभागीय टोली नेपाल आर्मी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप च्याम्पियन बनेको छ ।
लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई टाइव्रेकरमा ३–२ पराजित गर्दै आर्मीले जित हात पारेको हो ।
सताक्षी गोल्डकप च्याम्पियन बनेको आर्मीले सातापछि मोफसलकै सर्वा्धिक राशिको गोल्डकपमा जित दोहोरÞ्याएको हो । आर्मीले यसैवर्ष वीरगन्जको विशाल मेमोरियल कपसमेत हात पारेको थियो ।
आर्मीले मनाङलाई बदला लिनबाट रोकेको छ । आर्मीले उपाधिसहित नगद ८ लाख १ हजार जित्यो । मनाङले ४ लाख १ हजार पायो ।
सताक्षी गोल्डकपमा पनि मनाङ टाइव्रेकरमै आर्मीसँग पराजित भएको थियो । स्थानीय काँकडभिट्टा मावि मैदानमा भएको रोमाञ्चक खेलमा आर्मीले जितका लागि निक्कै संघर्ष गर्नु परेको थियो ।
पहिलो हाफको २० मिनेटजति मनाङको कडा दबाब सामना गरेको आर्मी त्यसपछि अन्तिम समयसम्म मनाङविरुद्ध आक्रामक बन्यो ।
प्रतियोगितामा आर्मीले उत्कृष्ट प्रशिक्षकसहित ५ विधामा उपाधि जित्यो । नवीन न्यौपानेले उत्कृष्ट प्रशिक्षक बन्दै २० हजार जिते ।
त्यस्तै वेस्ट गोलरक्षकको उपाधि आर्मीकै विकेश कुथु भए । उनले २० हजार जिते । आर्मीका दिनेश हेन्जन सर्वा्धिक गोलकर्ता बन्दै २५ हजार जिते ।
वेस्ट फरवार्डको उपाधि आर्मीका कप्तान भरत खवास बने । उनले २० हजार पाए । आर्मीकै विकास खवासले फाइनल खेलको म्यान अफ दि म्याच बन्दै १० हजार पाए ।
प्लेयर्स अफ दि टुर्नामेन्ट मनाङका गोलरक्षक दिनेश थापा मगर बने । उनले ५१ हजार जिते ।
त्यस्तै मनाङका विशाल राईले उत्कृष्ट मीडफिल्ड बन्दै २० हजार पाए । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका भूषण लिम्बू वेस्ट डिफेन्स र सोही क्लबका मिलन राई राइजिङ प्लेयर बन्दै नगद २०र२० हजार जिते ।
विजेता तथा उपविजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले पुरस्कार प्रदान गरेका थिए ।