रुसमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक

रुसमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, मंसिर १५ ।
रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ । रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्न लागको हो ।

यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् ।
सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको आधारमा ४ वटा पटमा राखिएको छ ।

शीर्ष वरियताप्राप्त राष्ट्रहरुको पटमा जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जे्न्टिना, बेल्जियम, पोल्याण्ड, फ्रान्स र आयोजक रुस रहेका छन् । यसैगरी दोस्रो पटमा स्पेन, पेरु, स्विट्जरल्याण्ड, इ्रग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे र क्रोएसिया छन् ।

तेस्रो पटमा डेनमार्क, आईसल्याण्ड, कोष्टा रिका, स्विडेन, ट्युनिसिया, ईजिप्ट, सेनेगल र ईरान छन् भने चौथो पटमा सर्विया, नाईजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेबिया छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ