एजेन्सी, मंसिर १४ ।
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत गएराति भएको दोस्रो लेगमा बार्सिलोनाले रियल मुर्सिया माथि ५–० को शानदार जित निकालेको हो ।
बार्साले समग्रमा ८–० को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा बार्सिलोनाका लागि पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक एक गोल गरे ।
गएराति नै सम्पन्न अन्य खेलमा जित निकाल्दै सेभिल्ला पनि अन्तिम १६ मा पुगेको छ । एथ्लेटिको मड्रिड र लास पालमस पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।
तर एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड भने अन्तिम ३२ बाटै बाहिरिन बाध्य भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline