एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप खेल्ने नेपाली टोलीको दोस्रो चरणको छनोट

एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप खेल्ने नेपाली टोलीको दोस्रो चरणको छनोट

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, मंसिर १३ । एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप इस्टर्न रिजनका लागि नेपाली युवा टोलीको दोस्रो चरणको छनोट भएको भएको छ ।खेल थाइल्यान्डमा यही मंसिर २५ गतेदेखि सुरु हुने छ ।

एसीसी प्रतिनिधिकारुपमा नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासको नेतृत्वमा यु–१६ टोलीका प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीको टोलीले एक साताको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो ।

पूर्वप्रधानमन्त्री सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतिभा खोजबाट क्षेत्रीय छनोट हुँदै २२ खेलाडी छानिएको हो ।

मंसिर १ गते नेपाल क्रिकेट संघअन्तर्गतका सबै ९ क्षेत्रबाट ४ खेलाडीका दरले प्रारम्भिक छनोट गरिएको थियो ।

प्रारम्भिक छनोटमा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका ३६ खेलाडीमा प्रदर्शनका आधारमा प्रशिक्षकहरुले ९ खेलाडी थपेर पहिलो चरणमा ४५ जनाको टोलीलाई बन्द प्रशिक्षण शिविरमा राखेका थिए । पहिलो चरणको प्रशिक्षण शिविर मंसिर ७ बाट सुरु भएको थियो ।

छानिएको टोलीले मंसिर २२ गतेसम्म कीर्तिपुर मैदानमा प्रशिक्षण गर्नेछ । टोली २३ गते थाइल्यान्ड जाने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ