काठमाडौं, मंसिर १३ ।
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आज राति ४ खेल हुँदैछ । लिग अन्तर्गतको आज राति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी र साउथह्याम्पटन बीच प्रतिस्पर्धा हुने छ ।
आजै राति हुने दोस्रो खेलमा चेल्सीले स्वान्सी सिटीको सामना गर्नेछ भने तेस्रो खेलमा आर्सनलले हडस्फिल्ड टाउनसँग प्रतिस्पर्धा गर्ने छ ।
त्यस्तै चौथो खेलमा स्टोक सिटी र लिभरपुल आमने सामने हुनेछन् । यस अघि गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।
तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४÷२ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन आस्ले योङले दुई गोल गरे भने एन्टोनियो मार्टीयल र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे ।
वाट्फोर्डका लागि ट्रोए डिनी र डोकोरेले एक एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई २–१ ले हराएको छ ।
लेष्टर सिटीको मैदानमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डी र रियाल माहारेजले एक–एक गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए ।
प्रिमियर लिग फुटबलमा ब्राईटन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा वेष्ट ब्रोम र न्युकासल युनाईटेडले २र२ गोलको बराबरीमा चित्त बुझाएका छन् ।