मिडिया कप भलिबल शुरु

मिडिया कप भलिबल शुरु

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

रुपन्देही, ११ मंसिर । आज भएको चौथो मिडिया कप भलिबल प्रतियोगिताका खेलमा लुम्बिनी सामुदायिक टेलिभिजन, बुद्ध सामुदायिक टेलिभिजन र तिनाउ एफएम विजयी भएका छन् ।

जागरण एफएमलाई २५–१८ र २५–१७ हराउँदै लुम्बिनी टिभी अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै बुद्ध टिभीले रेडियो लुम्बिनीलाई २५–९ र २५–१३ ले तथा तिनाउ एफएमले गौतम बुद्ध सन्देशलाई २५–२३ र २५–१७ सेटमा पराजित गरे ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु १५, द्वितीय हुनेले १० र तृतीय हुने टोलीले रु पाँच हजार तथा शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैैनिकपत्र’को १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित भलिबल प्रतियोगिताको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आज उद्घाटन गर्दै पत्रकार आचारसंहितामा ध्यान र आफ्नो पेशालाई व्यावसायिक, मर्यादित र अझ विश्वसनीय बनाउन आग्रह गर्नुभएको थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले सामाजिक जागरण र परिवर्तनमा पत्रकारिता क्षेत्रको निकै ठूलो महत्व रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ