वर्ल्ड क्रिकेट लिग खेल्ने नेपाली टोली घोषणा, को को परे ? (सुचीसहित )

वर्ल्ड क्रिकेट लिग खेल्ने नेपाली टोली घोषणा, को को परे ? (सुचीसहित )

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं ११ मंसिर ।

वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध डिसम्वरमा हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटिले खेलाडी छनोट गरेको हो ।

राष्ट्रिय टिमका लागि दोस्रो चरणमा २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एलानिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

डब्लसिएलअन्तर्गत हङकङ विरुद्धको खेलमा नरहेका भेट्रान स्पिनर शक्ति गौचन टोलीमा अटाएका छन् भने त्यही टिममा परेका सुशील कँडेल बाहिरिएका छन् । यस्तै दीलिप नाथ पनि अन्तिम १४ मा अटाएका छन् ।

२० सदस्यिय सूचीमा परेका सुशीलसँगै हसिम अन्सारी भने बाहिरिएका हुन् । कुशल भुर्तेल, जितेन्द्र कुमार मुखिया, सिद्दान्त लोहली र यू–९ टिमका अनिल कुमार शाह वैकल्पिक खेलाडीका रुपमा छन् ।

वैकल्पिकमध्ये अनिल र कुशल नेपाली टिमसँगै एक्स्ट्रा प्लेअरको रुपमा युएई जाने विज्ञप्तीमा जनाइएको छ ।

नेपाली टोली पर्सी बुधबार एतिहाड एअरवेजबाट युएई जानेछ । युएई टूरमा नेपालले अमेरिका र केन्यासँग डिसेम्वर १ र ३ मा प्राक्टिस म्याच समेत खेल्ने कार्यतालिका छ ।

डब्लुसिएलको सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ