म्यान्चेस्टर सिटी र आर्सनल विजयी

म्यान्चेस्टर सिटी र आर्सनल विजयी

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, मंसिर ११ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, आर्सनल र साउथह्याम्पटन विजयी भएका छन् ।

तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई २-१ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो र राहिम स्टर्लीङले एक एक गोल गरे ।

खेलमा सिटीकै ओटामेण्डीले आत्माघाति गोल गरेपछि हडर्सफिल्डले सुरुवाती अग्रता लिएको थियो । प्रिमियर लिगअन्तर्गत गएराती भएको अर्को खेलमा आर्सनलले बर्न्लेलाई १-० ले हरायो ।

खेलको अन्तिम मिनेटमा अलेक्सीस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई विजयी गराएका हुन् ।

गएराती नैं भएको अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई ४-१ ले हराएको छ । हारसँगै अंक तालिकाको १६ औं स्थानमा रहेको एभर्टनमाथिको दबाब झनै बढेको छ ।

प्रिमियर लिग फुटबलमा गएरातीका खेलहरुपछि १३ खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको २९ अंक छ भने २६ अंक जोडेको चेल्सी तेस्रो तथा २५ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ