शरिरकाे ताैल घटाउनु छ ? यसाे गर्नुस्

शरिरकाे ताैल घटाउनु छ ? यसाे गर्नुस्

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

शरिरको तौल घटाउनका लागि सही रुटिन र डाइट प्लान हुनु जरुरी हुन्छ । यदि दिनभरका क्रियाकलापमा केही यस्ता चिजहरु खाइन्छ, जसमा धेरै मात्रामा तौल बढाउने क्यालोरी हुन्छ । जसले गर्दा तीब्र मात्रामा तौल बढ्न थाल्छ ।

ताैल घटाउन ध्यान दिनै पर्ने सात कुराहरु

१. खानाका बीचमा पानी नपिउनुस : खाना खाँदा बीचमा पानी पिइयो भने खाना सही तरिकाले पच्न पाउँदैन । जसले गर्दा खाना बोसोमा परिणत हुन्छ । उक्त बाेसाेले मोटाइ बढ्ने गर्छ ।

२. टिभी हेर्दा हेर्दै खाना नखानुस : प्राय बच्चाले खाना खाँदा टिभी हेर्ने गर्दछन । अभिभावकले पनि बच्चालार्इ खाना खाने बेलाइ टिभीका अगाडि बसालिदिने वा टिभी खाेलिदिने गर्दछन । अभिभावकले पनि टिभी हेर्दै खाना खान बस्छन । याे निकै खराब तरिका हाे । दैनिक लामो समयसम्म टिभी हेर्दै खाना खानुभयो भने त्यसले शरिरको तौलमा समस्या उत्पन्न हुन्छ । टिभि हेर्दै हेर्दै खाना खाइएमा धेरै खाना खाइन्छ । यस्तोमा यदि उच्च क्यालोरी भएको स्न्याक्स खाइयो भने तौल तीब्र बढ्न थाल्छ ।

३. सकेसम्म दैनिक एउटै खालको खाना नखानुस : सधै एउटै खालकाे खाना खानाले पनि समस्या उत्पन्न हुन्छ । एउटै खालको खाना दैनिक खानाले शरिरलाई आवश्यक पर्ने न्यूटेसन पाउने भन्दा केवल ताैल मात्र बढ्छ । एउटै खालकाे खाना खाँदा शरिरमा मेटाबाँलिज्म स्लो हुन्छ । जसले मोटाइ बढ्न थाल्छ ।

४. ज्यादा कफी नपिउनुस : एक दिनमा २ वा ३ पटकभन्दा बढी कफी पिउने स्वास्थ्यका लागि राम्राे हाेइन । अझ त कफीका  साथमा स्न्याक्स लिनुहुन्छ भने त्याे झनै राम्राे हाेइन । यसले शरिरमा अधिक क्यालोरी पाइन्छ । जसले गर्दा बोसो बढ्छ ।

५. विहान हल्का नास्ता गर्नुस : बिहान सधै हल्का नास्ता गर्नु राम्राे हुन्छ । बिहानको नास्ता नगर्ने हो भने शरिरमा प्रयाप्त इनर्जी पाइदैन । बिहान नास्ता खाइएन भने दिनभर केही न केही खान मन लाग्छ । दिउसाे खाइरहेमा तौल बढ्छ ।

६. धेरै स्न्याक्स नखानुस : दिनभर बसिरहने र स्न्याक्स खाइरहने गर्यो भने शरिरमा उच्च क्यालोरी प्राप्त हुन्छ । यसले तीब्र गतिमा ताैल बढ्छ ।

७. धेरै ड्रिङ्क्स गर्नु वा रक्सीपछि खाना खाएर सुत्नु खराब : कसैकसैले अत्यधिक सेवन गर्ने वानी हुन्छ । वा हल्का हल्का रक्सी दिनभर खाइरहने वानी हुन्छ । रक्सीमा हाइ क्यालाेरी हुने हुँदा यसले शरिरमा धेरै क्यालाेरी प्राप्त हुन्छ । अझ त रक्सी खाएर सुत्ने गर्नु पनि राम्राे हुन्न । ड्रिङ्क्स गरेर खाना खाने र त्यस लगत्तै सुत्नु अझ खराब हुन्छ । यसले ह्वात्तै ताैल बढाउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी