टि ट्वान्टी विश्वकप छनोटमा नेपाल ५० रनले बिजयी

टि ट्वान्टी विश्वकप छनोटमा नेपाल ५० रनले बिजयी

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, मंसिर १० ।
आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आज चीनलाई ५० रनले पराजित गरेको छ ।

१ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो ।

नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिए ।

थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।

चीनका लागि हान लीले १५ र सी जोऊले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आजको जितसँगै नेपालको ६ अंक भएको छ र विश्वकपको ग्लोबल छनोट खेल्न पाउने सम्भावना कायमै छ ।

आजका अन्य खेलमा हङकङ र युएई पराजित भए नेपाल विश्वकपको ग्लोबल छनोटका लागि छनोट हुनेछ । थाइल्याण्ड ७ अंकसहित पहिलो र युएई ६ अंकसहित दोस्रो स्थानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ