नविन नगर उपभोत्ता तथा टोल विकास समितिको बनभोज कार्यक्रम (फोटो फिचर)

नविन नगर उपभोत्ता तथा टोल विकास समितिको बनभोज कार्यक्रम (फोटो फिचर)

बनभोज कार्यक्रमले समाजलाई एकताबद्ध बनाउन मदत गर्छ : न्यौपाने

  • शनिबार, मंसिर ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

भक्तपुर । नविन नगर उपभोक्ता तथा टोल विकास समितिको पहिलो ऐतिहासिक बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर २ गते भक्तपुरको घ्याम्पे डाँडामा भएको कार्यक्रममा १५० भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा द्यौसी–भैलो कार्यक्रम मार्फत् नविन नगरको विकासका लागि सहयोग पु¥याउने महानुभावहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको मेयर रामेश्वर बोहोरा थिए भने विशिष्ट अतिथिमा ९ नम्वर वडाका अध्यक्ष बलराम सिटौला थिए ।

कार्यक्रमको अध्यक्षता नविन नगर उपभोक्ता तथा टोल विकास समितिका अध्यक्ष रामशरण न्यौपानेले गरेका थिए भने कार्यक्रम सञ्चालन समितिका सचिव चेत नारायण न्यौपाने र सल्लाहकार समितिका सदस्य शिवहरि लामिछानेले गरेका थिए । कार्यक्रममा अतिथिहरुलाई समितिका सदस्य गीता कार्की र अम्विका शाहले खादा ओढाएर स्वागत गरेका थिए । कार्यक्रममा सःmाहकार समितिका सदस्यहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । जसमा शिवहरि लामिछाने, बासुदेव भट्ट, श्रीकाजी महर्जन, खिला शर्मा दवाडी, विष्णु पौडेल र बसन्त श्रेष्ठ लगायतका सल्लाहकार समितिका सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको हातबाट उपस्थित महानुभावहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो भने बाँकी रहेका महानुभावहरुको प्रशंसा पत्र वितरण गर्न समितिका अध्यक्षलाई एक मुष्ट रुपमा मेयरले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

प्रशंसा पत्र वितरण पछि मेयरले सभामा बोल्दै भनेका थिए – नविन नगर तारकेश्वरको नमुना वस्तीको रूपमा विकास गर्न लागेकोमा नयाँ कार्यसमितिलाई धन्यवाद दिएका थिए । नगरपालिकाको तर्फबाट उक्त क्षेत्रको समस्याहरुको समाधान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

नविन नगरका अध्यक्ष रामशरण न्यौपानेका अनुसार बनभोज कार्यक्रमले टोलमा एक अर्कासँग चिनजान, घुलमिल र सहयोग गर्ने भावनाको विकास हुने हुँदा यस्ताखाले कार्यक्रमको सुरुवात गरेका छौं । हरेक वर्ष १ पटक १५० घरकै बासिन्दाहरु एकै ठाउँमा बसेर रमाइलो गर्दै खानपिन गर्नाले एकवावद्ध समाज निर्माणमा सहयोग पु¥याउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी