काठमाडौं, मंसिर ९ ।गत सिजन युरोपियन क्षेत्रको लिगामा सबैभन्दा बढी गोल गरेका स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन-सू अवार्ड जितेका छन् ।
मेस्सीलाई बार्सिलोनाकै खेलाडी लुइस स्वारेजले बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू प्रदान गरेका हुन् ।
मेस्सीले गएको सिजन ला लिगामा ३७ गोल गरेका थिए । यो युरोपका प्रमुख लिगमा कुनै खेलाडीले गत वर्ष गरेको सर्वाधिक गोल हो ।
मेस्सीले चौथो पटक गोल्डेन–सू अवार्ड जितेका हुन् । रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले पनि चारपटक नै यो अवार्ड जितिसकेका छन् ।
अघिल्लो वर्ष भने यो अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले जितेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline