तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक

तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

कलैया, ६ मंसिर । चाल आर्थिक वर्ष २०७४÷७५ मा बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक रहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आवमा कृषकले करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गर्ने लक्ष्य लिएका छन् । प्रति हेक्टर एक क्विन्टल गहुँको बीउ आवश्यक पर्छ ।

कूल दुई हजार नौ सय मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने कार्यालय प्रमुख शिवरत्न साहले बताउनुभयो । जिल्लास्थित नौवटा बीजबिजन संरक्षण संस्थामध्ये बोधीमाई कृषि सहकारी संघ महेशपुरले मात्र ३० मेट्रिक टन बीउ संरक्षण गरेर राखेको छ । सो संस्थाले जम्मा ४० मेट्रिक टन, अनुदानबाट बिक्री हुने १९४ मेट्रिक टन र राहतस्वरुप वितरण गर्ने १५० मेट्रिक टनबाहेक अपुग भएको बीउ कृषक आफैँले संरक्षण गरेर राखेको साहले बताउनुभयो ।

बारामा गहुँको बीउ र खेती गर्नका लागि डिएपी मलको अभाव नहुने साहको भनाइ छ । जिल्लामा गत आवमा कूल २९ हजार हेक्टरमा विभिन्न जातको रु दुई अर्ब २३ करोड १५ लाख ५० हजार बराबरको ८२ हजार ६५० मेट्रिक टन गहँु उत्पादन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी