चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौँ, ५ मंसिर ।

चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ ।

ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसहित हिमालयन शेर्पाले रु पाँच लाख तथा उपविजेता सीमित बनेको फ्रेण्डस क्लबले रु दुई लाख ५० हजार प्राप्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।

गत कात्तिक २८ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका आठ टोली सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ