विश्वकप टी–२० महिला छनोटमा नेपालले हङकङसँग पनि अंक बाड्यो

विश्वकप टी–२० महिला छनोटमा नेपालले हङकङसँग पनि अंक बाड्यो

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, मंसिर ५ ।
थाइल्याण्डको बंैककमा जारी ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटको एशियाली छनौटमा नेपालले आज हङकङसँग पनि अंक बाँडेको छ ।

बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् । वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा हिजो घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो ।

६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । आजको खेलमा पनि अंक बाँड्न बाध्य भएपछि नेपालको दुई खेलबाट २ अंक मात्र भएको छ ।
हिजो मलेसियालाई हराएको हङकङको भने ३ अंक छ । नेपालले अब तेस्रो खेलमा आगामी बिहीबार युएईसँग, चौथो खेलमा शुक्रबार मलेसियासँग र अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको छनौट खेल खेल्न पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ