महिला विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो

महिला विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो

  • सोमवार, मंसिर ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

४ मंसिर,काठमाडौं । आइसीसी महिला टि–२० विश्वकपका लागि एशियाली छनोटको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ ।

घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे ।

बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो ।
उसका लागि चाइवाईले सर्वाधिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ